देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले आइतबारमात्र उमेदवार टुंगो लगाउने

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आशन्न उपनिर्वाचनका लागि आगामी आइतबारमात्र उमेदवारको टुंगो लगाउने भएको छ । पार्टी सभापतिको शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको बैठक उमेदवारको टुंगो नलगाई सकिएको हो ।

उमेदवारको विषय पदाधिकारीले नै छलफल गरेर टुंग्याउने बताइएको छ। उपनिर्वाचन मंसिर १४ गते हुँदैछ ।  बैठकमा  पहिलो र दोस्रो चरणको जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  बाँकी विषयमा भोलि बस्ने केन्द्रीय समितिले निर्णय गर्ने उनले बताए ।