देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२५ जुवाडेको सम्पत्ति छानविन गरिने

देशान्तर

काठमाडौं । कात्तिक १० गते पक्राउ गरेको २५ जना जुवाडेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सम्पत्तिमाथि पनि छानविन गर्ने भएको छ । काठमाडौं–३, पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २५ जनामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गर्ने भएको हो ।

तिहार लक्षित विशेष सुरक्षा योजनामार्फत प्रहरीले चलाएको अपरेशनका क्रममा त्यहाँ दुई करोड ४७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डुको ३ लाख रुपैयाँको चेक, ३२ वटा कौडा, ४ बुक तास लगायत बरामद भएको थियो ।

थुनामा रहेका बलेसहित ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा लगायतले जुवामा प्रयोग गरेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीक्ररण विभागलाई पत्र काटेको स्रोतले जानकारी दिएको छ ।

पत्रअनुसार विभागले छानविन थाल्ने तयारी गरेको जनाइएको छ । त्यसको अनुसन्धानका लागि विभागले एक जना अनुसन्धान अधिकृत पनि तोकिसकेको जनाइएको छ ।

पक्राउ परेकामध्ये ११ जुवाडेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दायर गरेका थिए । तर, जिल्ला अदालत, काठमाडौंले ७ दिनको म्याद थप गरेसँगै रिटमा सर्वोच्चले सुनुवाइ गरेन ।