दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा खसेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ को यात्रुबाहाक बस सुकुटे बिच नजिकै सुनकोशी नदीमा खसेको हो।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुर्घटनामा ४ जनाको मृत्यु भएको पुष्टि भएको बताए। उनका अनुसार दुर्घटनामा १५ जना घाइते छन्।
डीआईजी पोखरेलले केहीलाई नदीले बगाएकाले प्रहरी खोजी र उद्दारमा जुटेको छ जानकारी दिए ।
डीआईजी पोखरेलका अनुसार दुर्घटनामा परेको उक्त बस शैलुंगेश्वरी यातायातको रहेको छ।
थप विवरण आउन बाकि छ ।





प्रतिक्रिया