देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चोभारबाट पेस्तोलसहित ३ जना पक्राउ

देशान्तर

काठमाडौं । चोभारबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् ।

शंकास्पद लागेपछि सोधपुछ गर्ने क्रममा पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ‘यूएस मेड इन पेस्तोल ५ रेन’ लेखिएको पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको एसएसपी थापाले बताए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।