देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआरएनए अमेरिकाको स्टुडेन्ट प्रोग्राम टास्कफोर्स संयोजकमा पाण्डे

देशान्तर

टेक्सास (अमेरिका) । गैर—आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको स्टुडेन्ट प्रोग्रामको टास्कफोर्सको संयोजकमा त्रिभुवन पाण्डे मनोनीत भएका छन् । एनआरएनए अमेरिकाको हालै बसेको बैठकले पाण्डेलाई संयोजक तोकेको हो । पाण्डेलाई अमेरिकामा रहेका विद्यार्थीहरूको संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

एनआरएनए अमेरिकाले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा संयोजक पाण्डेले खुसी व्यक्त गरे । उनले आफू सक्रिय भएर बिद्यार्थी हक हितमा लाग्ने बताए । देशान्तरसँग कुरा गर्दै उनले भने, “अमेरिकामा रहेका बिद्यार्थीहरूको समस्याहरूको पहिचान गरि आफूले सकेसम्म समाधान पनि गर्न पहल गर्ने कुरामा उनले जोड दिए ।”

पाण्डे संयोजक रहेको यो समितिमा सहसंयोजकमा अनुप खनाल र सदस्यहरूमा वर्षा लामिछाने, विकास रुवाली, दिनेश यादव, काजल सापकोटा, नवीन पाण्डे, निश्चल मिश्र, प्रशिल ढकाल, प्रसिस पाण्डे, पुष्प ढकाल, रीतिका प्रसाई, सन्देश थापा, शंकर पौडेल, श्रीया गजुरेल छन् । सदस्यहरू पनि एनआरएनए अमेरिकाले नै चयन गरेको हो ।

पाण्डे नेपालको गुल्मी जिल्लाका स्थायी बासिन्दा हुन् । वित्तीय व्यवस्थापनमा स्नातकोत्तर सकाएका उनि आफैं पनि बिद्यार्थी हुन् । हाल उनी आईटी कन्सल्टेन्टका रूपमा कार्यरत छन् ।