देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक परिषद्को बैठक बस्दै

देशान्तर

काठमाडौं : संवैधानिक परिषद्को बैठक आज दिउँसो बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने परिषद् सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे छलफल हुने उनले बताए। संविधानमा व्यवस्था भएअनुरूप आदिवासी जनजाति, मधेसी, महिला, दलित, थारू, समावेशी र मुस्लिम आयोगमा पदाधिकारी नियुक्त हुन बाँकी छ।

मधेसी, थारू र मुस्लिम आयोगका लागि अध्यक्ष नियुक्त भए पनि सदस्यहरू अझै नियुक्त भएका छैनन्। समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि यो पद पनि रिक्त रहेको छ।