देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

देशान्तर

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-४ फालावाङकी ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापा रहेका छन् । दुबै जनाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिवेणी गाउँपालिका-४ को बडागाउँमा रा.१ ज.४३२ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सातै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै प्युठानमा बिहीबार बलेरो गाडी दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ ।  भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको ग.२ च ५२४९ नम्बरको बलेरो गाडी स्वर्गद्वारी नगरपालिका-४ मनखोला भिरस्थित सडकदेखि अन्दाजी ३ सय मिटर तल खस्दा परिचय नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ४ जना घाइते भएका छन् ।  घाइतेहरुलाई थप उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।