देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आलमविरुद्धको बहस सकियो, आदेश आजै आउन सक्ने

देशान्तर

काठमाडा‌ै  ।  नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमविरुद्ध जिल्ला अदालत रौतहटमा जारी बहस शुक्रबार सकिएको छ।

विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेकोसहित तीनवटा अभियोगमा मुद्धा खेपिरहेका आलमको थुनछेक बहस सकिएको हो। एक हप्तादेखि जारी बहस शुक्रबार दिउँसो सकिएसँगै अब जिल्ला न्यायाधीश दीपक ढकालको इजलासबाट पुर्पक्षको आदेश प्रतीक्षा गरिएको छ।  जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीका अनुसार शुक्रबा बहस सकिएको हाे ।  अब न्यायाधीश ढकालले पुर्पक्षको छिनोफानोसहित आदेश दिनेछन्।

आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव बिथोल्न जिल्लाकै राजपुरमा बम बनाउने क्रममा विस्फोटमा परेर घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग लागेको छ।  जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनाविरुद्ध उक्त घटनामा अभियुक्त बनाएर जिल्ला अदालत रौतहटमा तीनवटा फरक अभियोग पत्र दर्ता गराएको छ।

आलमको पक्षमा वकालतनामा लेखाएमा २९ जनामध्ये २५ जना वकिलले बहस गरेका थिए। पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठसहितले उनको पक्षमा बहस गरेका थिए।  सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको छ। अन्य एक अभियुक्तलाई मतियारको रुपमा सजाय मागिएको छ।