देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस सांसद आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

देशान्तर

जिल्ला अदालत रौतहटले राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका काँग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलम विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि आज अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो । वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए । बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोध्नुभएको थियो । दुवैले न्यायाधीशसमक्ष आ, आफ्नै कुरा राखेका थिए । यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउँनेछन् । वि.सं. २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।