काठमाडौं । नेपाली कांग्रेसले सरकारमा रहेको नेकपाको अधिनायकवादी आकंक्षा पूरा नहुने बताएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस रहुन्जेल नेकपाको अधिनायकवादी आकांक्षा पुरा नहुने बताएका हुन्।
उनले भने, ‘ने क पालाई अहिले पनि अधिनायवादी आकांक्षा त छ। तर कम्युनिस्टको दुर्भाग्य यो देशमा कांग्रेस पार्टी पनि छ। हाम्रो पार्टी रहुन्जेलसम्म लोकतन्त्रलाई खतरामा पर्न दिँदंनौ।’
उपनिर्वाचनको सन्दर्भमा कांग्रेसले एउटा पुस्तिका पनि सार्वजनिक गरेको छ। सार्वजनिक पुस्तिकामा सरकारको २१ महिनाको कामको २१ बुँदे टिप्पणी गरेको छ।
उपनिर्वाचनले सरकारलाई बदल्ने निर्वाचन नभएपनि सरकारलाई सच्चिन दवाब दिने उनले बताए। उनले मतदातालाई पनि २१ महिने सरकारको अवस्था २०७४ को निर्वाचनमा भोट माग्दा गरेको प्रतिबद्धता भन्दा फरक छ कि छैन भन्दै प्रश्न गरे। शालिन प्रतिपक्षको भूमिका निर्वाह गरिएको कांग्रेसको ठहर छ।





प्रतिक्रिया