देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शपथ लिने नयाँं मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुषाल र उद्योग, वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षानिकायका प्रमुखलगायतको उपस्थिति थियो ।यसअघि विहीबार नै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषद पुनर्गठन गरेकी थिइन । पुनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदा गरिएको छ । दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल गरिएको छ ।