काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मुखमा सरकारले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति आफ्नो ध्यान केन्द्रित भएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र निर्वाचन आयोग निरीह भएको आरोप लगाउदै गर्दा आयोगले आचारसंहिताको पूर्ण पालन गर्न सबैसंग आग्रह गरेको छ । त्यसैगरी आयोगले शान्ति सुरक्षाको स्थिति सुदृढ भएकाले ढुक्क भएर मतदान गर्न पनि भनेको छ ।
निर्वाचनको मुखमा गरिएको मन्त्रिमण्डल फेरबदलप्रति नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै असन्तुष्टि जनाएको छ । निर्वाचन आयोगले पनि निर्वाचनको मुखमा सरकारले नयाँ प्रदेश प्रमुख नियुक्ति, मन्त्रिमण्डल पुनर्गठन नगरेको भए राम्रो हुने भन्दै आफ्नो ध्यान गएको जनाएको हो । ३७ जिल्लाको ५२ पदमा हुने निर्वाचनका लागि मतपत्र छापेर पठाई सकिएको, थप मतदाताको परिचयपत्र बनाएर पठाई सकिएको भन्दै डर, त्रास नमानी ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।





प्रतिक्रिया