काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा जादै छन् । परराष्ट्रमन्त्री ज्ञवाली आज ९शनिबार० नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस जाँदै छन्। आज अपराह्न ४ बजेपछि भ्रमण टोली रुस प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राजदूत र अन्य सरकारी अधिकारी रहने छन्।
नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट ८ वर्षपछि रुसमा भ्रमण हुन लागेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन्। त्यस क्रममा नेपाल र रुसबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।
यसैगरी मन्त्री ज्ञवाली मंसिर ११ गते सर्बिया भ्रमणमा जाने छन्। यही महिना नेपाल र सर्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दै छ। सर्बियामा रहँदा उनले उपप्रधान तथा विदेश मन्त्रीसँग भेट गर्ने छन् भने उच्च तहमा शिष्टाचार भेटवार्ता गर्ने छन्।
मन्त्री ज्ञवाली मंसिर १४ गते स्वदेश फर्किने छन्।





प्रतिक्रिया