देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

“ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेक्यो” कांग्रेस सभापति देउवा

देशान्तर

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको बताएका छन् । यस्तै उनले ओलिसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप पनि लगाएका छन्।
भारतले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरिसकेको छ।

तर देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जारी गरेको दाबी गरेका छन्।
पोखरामा आज भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको जिकिर गरे । ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको भन्दै देउवाले ओली राष्ट्रवादी पनि नभएको जिकिर गरे ।

ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ। ओली सरकारले भ्रष्टाचार बढाएको पनि उनले बताए।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने चुनावबाट सरकारका पक्षमा जनता छैनन् भन्ने सन्देश दिन पनि उनले मतदातालाई आग्रह पनि गरेका छन्।
ओली सरकारले उद्योगी, होटल व्यवसायीलाई पनि कर बढाएर दुस्ख दिइराखेको उनले आरोप लगाए। खेमराज पौडेललाई पहिलोपटक पार्टीले न्याय गरेको बताएका देउवाले मत दिएर जिताउँदै न्याय दिन माग गरे।

देउवासहित कांग्रेसका शीर्ष नेता शुक्रबारदेखि चुनाव केन्द्रीत कार्यक्रममा सहभागी भइराखेका छन्। बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायत नेता चुनावी सभामा सहभागी भएका छन्।