देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीको अपरेशन गरिदै

देशान्तर

काठमाण्डौ । स्वास्थ्य परिक्षणका लागि शिक्षण अस्पताल पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेण्डिसाइटिसको अपरेशन गर्ने तयारी गरिएको छ ।

पेट दुखेपछि आज (मंगलबार) बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्रीलाई एपेण्डिसाइटिस भएकाले अपरेशन गर्ने तयारी गरिएको डाक्टर अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मिगौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस गरिँदै आइएको छ । उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा पनि स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ ।