देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तत: अतिरिक्त शुल्क समायोजन गर्न मेडिकल कलेज सहमत

देशान्तर

काठमाण्डौ । अन्तत: मेडिकल कलेज सञ्चालकहरु विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्न सहमत भएका छन् । मंगलबार मध्यरातमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमति भएर विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन हुने भएको हो ।

सहमतिअनुसार विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क बुधबार आज देखि नै समायोजन हुनेछ । शैक्षिक सत्र २०७४÷७५ र २०७५÷०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन हुने सहमतिमा उल्लेख छ ।

यस्तै दोस्रो बुँदाको २०७२र०७३ र २०७३र०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष आग्रह गर्ने उल्लेख छ ।

यस्तै चालु शैक्षिक सत्र २०७६÷७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ ।

यस्तै दोस्रो बुँदाको अन्तिम सहमतिअनुसार आउँदो शैक्षिक सत्र र त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा अयोागबाट काम अघि बढाइनेछ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बाँस्कोटा र निजी मेडिकल कलेज सञ्चालकहरुको सहभागिता थियो ।

सरकार र निजी मेडिकल कलेजबीच सहमति भएसँगै महिनौदेखि चलिरहेको विद्यार्थीको आन्दोलन पनि स्थगित हुने अपेक्षा छ । यसअघि विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले १५ दिनको अल्टिमेटम दिएको थियो ।