देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचनको मौनअवधि आज रातिदेखि सुरु हुने

देशान्तर

काठमाडौँ – उपनिर्वाचनको मौनअवधि बुधबार मध्यरातदेखि सुरु हुँदैछ । आउँदो शनिबार उपनिर्वाचन हुँदैछ । रातिदेखि मौनअवधि सुरु हुने भएकाले राजनीतिक दलहरु चुनाव हुने क्षेत्रमा अन्तिम चरणको प्रचारप्रसारमा जुटेका छन् ।

प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । यस्तै प्रदेशसभा तर्फ तीन क्षेत्र र स्थानीय तहका ४८ गरी ५२ पदका लागि आगामी शनिबार उपनिर्वाचन हुन लागेको हो ।

स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्षका ४३ पदका लागि पनि उपनिर्वाचन हुँदैछ । उपननिर्वाचनमा १०१ दलले भाग लिँदै छन् । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन्