सन्धिखर्क । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको बस बुधबार बेलुका सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । १७ घाइते भएका छन् ।
लु।२ख २१४८ नम्बरको बस नरपानी बजारनजिकै उकालो घुम्तीबाट तीन सय मिटर तल खसेको हो ।
बसबाट उछिट्टिएर भिरमा अड्किएका बालक चिच्याएपछि स्थानीयले दुर्घटनाबारे जानकारी पाएका थिए । त्यसलगत्तै खबर पाएपछि प्रहरी घटनास्थल पुगेको उद्धारमा खटिएका प्रहरी जवान विष्णु पुरीले बताए ।
दुर्घटनामा १७ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा ज्यान गएको छ । घाइते तथा मृतकको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरेका थिए ।
आठ जनाको सनाखत;
दुर्घटनामा ज्यान गुमाएका आठजनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा सनपा–७ निवासी शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी, मोनिका खड्का, भुनपा–९ का शैलेस थापा, बुद्धभूमि नपाका ओबबहादुर थापा र सिनपा–२ का गाडीधनी सन्तोष बस्नेत रहेका छन् । ११ जनाको सनाखत हुन बाँकी छ ।
घाइते हुनेमा सपना कुँवर, लोकनाथ पाण्डे, विष्णु अधिकारी, नन्दबहादुर विक, कृष्ण विक र जीवन विकको मात्र पहिचान खुलेको छ ।





प्रतिक्रिया