देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली तङरिदै

देशान्तर

काठमाण्डौ । अस्वस्थ भएपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली तङरिदै गएका छन् । उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीका निजी डाक्टर दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई आज (बिहीबार) सामान्य हिड्डुल गराइनेछ । ओलीको स्वास्थ्यमा सुधार भइरहेकाले उहाँलाई बुधबार पनि सामान्य डुलाइएको डाक्टर शाहले जानकारि दिइन ।

उनलाई अझै केही दिन अस्पतालमा नै राखिने डाक्टरहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि जानकारी दिएका छन् ।