देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुठीसहित भूमि व्‍यवस्थापन सम्बन्धी विधेयक ल्याउँदै सरकार

देशान्तर

काठमाडौँ – सरकारले गुठीका समेत समस्या समाधान हुने गरी एकीकृत भूमि व्यवस्थापन सम्बन्धी विधेयक ल्याउने भएको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले भूमि व्यवस्थापनसम्बन्धी नयाँ विधेयक ल्याउनका लागि भूमि व्यवस्था मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिएको जानकारी दिएका हुन्।

भूमि सम्बन्धी समस्यालाई एकीकृत रुपमा समाधान गर्नुपर्छ। गुठीका जग्गाहरुमा समेत देखिएको समस्यामा समाधान गरी उत्पादन र उत्पादत्कव बढाउनका लागि नयाँ विधेयक ल्याउन सैद्धान्तिक सहमती दिइएको छ, बास्कोटाले भने।

सरकार भूमी सम्बन्धी ऐन २०२१ लाई संशोधन गरेर समयअनुकल नबनाए पनि त्यसबाट जग्गामा देखिएका समस्या समाधान हुनेभएपछि एकीकृत विधेयक ल्याउने तयारी गरेको हो।

यसअघि सरकारले गुठी सम्बन्धी जग्गाका समस्या समाधानका लागि छुट्टै विधेयक ल्याइए पनि कतिपय विषयप्रति असहमति जनाउँदै आन्दोलन चर्किएपछि फिर्ता लिएको थियो।