देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जारको पानि पिउन अयोग्य

देशान्तर

काडमाडौं । उपभोक्ताहरुले ढुक्कसंग पिउदै आएको जारको पानि पनि अब पिउने बेला सोच्न पर्ने बेला आएको छ । किनकि जारको पानी पिउन योग्य नभएको पाइएको छ।

काडमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी बिक्री गर्दै आएको पाइएको हो।

जिल्ला प्रशासनका कार्यालय ९काठमाडौं०को नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको छ ।

पर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ। यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो।

कम्पनीले पिउन योग्य भनी सिलछाप गरको जार र बोतलका पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले भने।