देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भ्रष्टाचारीलाई राहदानी नदिने

देशान्तर

काठमाण्डौं । सरकारले भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्वा चलिरहेको वा अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेको व्यक्तिलाई राहदानी नदिने भएको छ । भर्खरै राष्ट्रपतिबाट प्रमाणित भएको राहदानी सम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको राहदानी विभागले जनाएको हो ।

मानव बेचबिखन, अपहरण, लागूऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी मुद्वा चलिरहेको वा सजाय भोगिरहेका व्यक्तिले राहदानी नपाउने विभागका महानिर्देशक रामकाजी खड्काले बताए ।

अदालतमा रहेको मुद्वाबाट सफाइ पाएपछि भने राहदानी प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।