काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् ।
नेपाल–चीन मिडिया फोरमले काठमाडौमा गरेको कार्यक्रममा उनले यसका लागि सबै एकजुट हुनु पर्ने आवश्यकता औंल्याए ।
उनले उत्तेजना र आवेगमा नआई राष्ट्रिय एकताकासाथ अगाडि बढ्न सबैमा आह्वान गरे । सीमा विवाद वार्ता र संवादबाट समाधान गरी आफ्नो भूमिको रक्षा गर्नु पर्ने उनको भनाइ छ ।
जनमत सृजना गर्न सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे ।
अध्यक्ष दाहालले नेपाल र चीनबीच आर्थिक, सामाजिक, साँस्कृतिक पुरानो सम्बन्ध रहेको भन्दै दुई देशबीचको सम्बन्ध दीर्घकालीन बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताए ।





प्रतिक्रिया