देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीको स्वास्थ्य खतरा मुक्त

देशान्तर

काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् ।

चिकित्सकहरुकाअनुसार मिर्गौला प्रत्यारोपण गरेका विरामीहरुलाई एपेन्डिसाइटिस हुँदा जति ज्वरो आउनुपर्ने हो नआउने र त्यति दुखाई पनि महसुस हुँदैन । साथै एडेन्डिक्स फुट्दा पेटमा संक्रमण फैलने सम्भावना भने अरुलाई भन्दा बढी हुन्छ ।

उपचारमा संलग्न डा. रमेश सिंह भण्डारीले भने, ‘संक्रमण पेटभरी फैलिएको थियो । लक्किली ठीक समयमा सबै हेरियो र चाँडै (अप्रेसनको) निर्णय लियौं ।’ प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षा गरेभन्दा राम्रो सुधार भइरहेको समेत उनले बताए ।

यसैगरी डा. शाहले अप्रेसन गरेको विरामीमा धेरै रक्तस्राव वा संक्रमण नहोस् भनेर प्लेटलेट्स चढाइएको बताइन् ।