देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमा विवादबारे परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले अध्ययन गर्ने

देशान्तर

काठमाडौं । सरकारको विदेश मामिलासम्बन्धी ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सीमा विवादबारे अध्ययन गर्ने भएको छ । भारतको राजनीतिक नक्सामा नेपाली भूभागसमेत भारततिरै देखाएको विषयमा आफूहरूले विस्तृत अध्ययन गर्न लागेको प्रतिष्ठानका प्रवक्ता मात्रिका पौडेलले जानकारी दिए ।

‘सीमा विवादबारे धारणामा एकरुपताका लागि अध्ययन गर्न लागेका हौं’ प्रवक्ता पौडेलले  भने ‘कुन मोडालिटीमा कसरी गर्ने भन्ने अन्तिम निर्णय हुन बाँकी छ ।’ परराष्ट्र मन्त्रालयले सिमा विवादबारे भारतलाई ‘कुटनीतिक नोट’ पठाइसकेको जनाएको छ ।