देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचन शान्तिपूर्वक सम्पन्न, ७० प्रतिशत भोट खस्यो

देशान्तर

काठमाण्डौं । तीन तहका रिक्त ५२ पदका लागि आज शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ। आजको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

मतदानको पूर्ण्विवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत  मतदान भएको आयोगले जनाएको छ। बिहान सात बजेबाट सुरु भएको मतदान अहिले अपरान्ह पाँच बजे सम्पन्न भएको हो।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि अहिले बिभिन्न ३७ जिल्लामा मतदान भएको हो ।

मतदानस्थलमा बम विष्फोट
३७ जिल्लामा भएको उपनिर्वाचनका क्रममा शनिबार कास्की र लमजुङका मतदानस्थलमा बम विष्फोट भएको थियो। कास्कीको पोखरामा भने श्रृंखलाबद्ध रूपमा विभिन्न चारवटा मतदानस्थल नजिकै बम बिस्फोट भयो। उपनिर्वाचनालाई लक्षित गर्दै पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि, पोखरा १६ स्थित शान्ति मावि, पोखरा– ३३ मा भरतपोखरीमा रहेको सरस्वती टिका मावि र पोखरा १६ को चण्डिका आधारभूत विद्यालय मतदानस्थल नजिकै बम बिस्फोट भएको हो। बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो। बम विष्फोटपछि त्रासकै बीच पनि मतदाताले मतदान गरेका छन्।