देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचन : प्रदेशसभामा कांग्रेसले खाता खाेल्यो, भक्तपुरमा भँडेल विजयी

देशान्तर

भक्तपुर । भक्तपुर क्षेत्र नं. १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। उनले १३४४८ मत पाए भने नेकपाका उम्मेदवार  डि पि ढकालले ११२०६ मत ल्याए।

भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पारे।  यो क्षेत्रमा यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए।

सो निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजूले ७ हजार १९, नेकपा माओवादी केन्द्रका डि पि ढकालले ७ सय ८४, विवेकशिल साझा पार्टीका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४८५ मत प्राप्त गरेका थिए।

प्रदेश सांसद लामिछानेको गतवर्ष बैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो।