देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विद्या भट्टराई कास्की २ मा ८ हजार मतान्तरले विजयी

देशान्तर

काठमाडौँ– कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई विजयी हुनुभएको छ।
शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गर्नुभएको हो । विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गर्नुभया भने १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गर्नुभयो।
त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गर्नुभयो । राप्रपाका रामबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गर्नुभयो । विवेकशील पार्टीकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गर्नुभएको थियो ।