देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धरानमा नेकपाको किल्ला तोडियो, कांग्रेसका तिलक राई विजयी

देशान्तर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । वि.स. २०४८ सालदेखि नेकपाले कब्जा जमाउँदै आएको धरानमा यस पटक कांग्रेसले किल्ला तोडेको हो ।

प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस उम्मेदवार तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका छन् । यद्यपी, आधिकारिक घोषण हुन भने बाँकी छ ।

नेकपाका उम्मेदवार प्रकाश राईको पराजयसँगै नेकपालाई ठूलो धक्का लागेको छ ।  शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।

यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन ।