सिड्नी । नेपाली कांग्रेसप्रति आस्था राख्ने प्रजातन्त्रबादीहरुको सिड्नीमा सम्पन्न बृहत् भेलाले इथान शाक्यको अध्यक्षतामा जनसम्पर्क समिती अस्ट्रेलिया (एनएसडब्लु) राज्य समिती गठन गरेको छ । सिड्नीको इन्द्रेणी फंग्सन सेन्टरमा सम्पन्न उक्त घोषणा सभामा सिड्नी लगायत अस्ट्रेलियाको अन्य राज्यहरुबाट समेत जनसम्पर्क समितीका पदाधिकारी एबम प्रतिनिधिहरुको उपस्थिति थियो ।
भेलाले समितीको उपाध्यक्षमा रामजी बस्नेत, महामन्त्रीद्वयमा सुर्य खनाल र निजन चौलागाई ,सहमहामन्त्रीमा स्वतन्त्र बस्नेत, कोषाध्यक्षमा सोभितजंग कुवरलाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा अर्जुन गौतम, सागर काफ्ले श्रीपती तिवारी, कृष्ण पोखरेल, पुष्कर भट्ट, सन्देश राज भण्डारी, परमानन्द शाह र सुभम सिङ्ग रहेका छन् ।
समितीको सल्लाहकारहरुमा पत्रकार प्रकाश हुमागाई, डा देबेन्द्र सापकोटा, लक्ष्मण सापकोटा र भुपाल सिटौलालाई चयन गरिएको छ । जनसम्पर्क समितीका छिरिंङ लामाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमका पदाधिकारीहरुले नेपालको सबैभन्दा पुरानो र गौरवशाली पार्टीको अनुयायी हुन पाउनु गर्बको बिषय भएको बताए ।
एनआरएन अस्ट्रेलियाका महासचिब ज्ञानेन्द्र रेग्मी, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल, आइसीसी सदस्य अरुण ठाकुर, एनएडीएफका अध्यक्ष विवेक थापा, एनएडीएफका पूर्व अध्यक्षहरु डिल्लीराम ढकाल, बालचन्द्र भट्टराइ,महेन्द्र लम्साल, एनआरएनका पुर्व कोषाध्यक्ष डिला खरेल, नयाका अध्यक्ष प्रकास अर्याल, चितवन समाजका पूर्व अध्यक्ष बुद्धि डल्लाकोटि, एन आर एन अस्ट्रेलियाका पूर्व उपाध्यक्ष नन्दु गुरुङ लगायतले समितीको कार्यकालको सफलताको कामना गरेका थिए ।
त्यसैगरि भेलामा कार्यक्रममा भाग लिन मेलबर्नबाट आएका जनसम्पर्क समिति भिक्टोरियाका कार्यबाहक अध्यक्ष बिनित शर्मा, काग्रेसी अगुवा सोमप्रसाद गुरुङ, साउथ अस्ट्रेलियाका अर्जुन लम्साल, क्यानबेराका अशोक बस्नेत लगायतका बक्ताहरुले बिचारले बाधेको सस्थालाई ब्यक्तीगत स्वार्थमा हिनाउने प्रयास गर्दा अस्ट्रेलियामा कांग्रेश एकतामा बाधीन नसकेको बताए ।





प्रतिक्रिया