देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतीय सेना बहादुर नभई नेपालीकै कमजोरीका कारण सीमा मिचियोः केसी

देशान्तर

कञ्चनपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय सेना बहादुर नभई नेपालीकै कमजोरीका कारण कालापानीमा भारतले कब्जा गरेको बताएका छन्।

मंगलबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष केसीले सत्तमा बस्ने नेपाली शासकहरुको नालायकीपनले कालापानीमा सेना आएर कब्जा गरेको बताएका हुन ।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको एक हप्ता लामो ‘कालापानी अभियान’लाई समापन गर्दै अध्यक्ष केसीले चीनसँग लड्न नसकेर ‘बहादुरीका साथ पछाडी हटेको’ भारतीय सेना कालापनीमा आएर कब्जा जमाएको बताए।

केसीले नेपालका सत्ताधारीहरु जहिल्यै सत्तामा कसरी पुग्ने भन्ने चिन्ताका कारण भारतीय सेनालाई हटाउन तर्फ ध्यान दिन नसकेको आरोप पनि लगाए।

उनले भारतले मिचेको नेपालको भूभाग संसारका ४५ वटा साना मुलुक जति रहेको बताउँदै अब एक इञ्च जमिन पनि कब्जा गर्न नदिन बताए। त्यसका लागि जनस्तरबाट खबरदारी र सरकारको पहलकदमी आवश्यक रहेको केसीको भनाई थियो।