देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि बाँकेको कोहलपुर ट्रकमाथि आगजनी

देशान्तर

काठमाडौं । ट्रकको ठक्करले स्कुले बालिकालाई ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर(११ की १२ वर्षीया प्रकृति चन्दलाई घाइते भएकी हुन्। पाँच नम्बर प्रदेश प्रहरीका प्रवक्ता नवराज पोखरेलका अनुसार घाइते बालिकाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ। स्कुटरको पछाडि बसेकी बालिका ठक्करले गम्भीर घाइते भएपछि स्थानीयले ट्रक जलाएका छन्।

त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत चन्दलाई बिहान १० बजेतिर ट्रकले विद्यालय अगाडि ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ।