देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाँकेकाे कोहलपुरमा कर्फ्यू

देशान्तर

बाँके । ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले चर्को प्रदर्शन गरेका थिए। विद्यार्थीको प्रदर्शन चर्किएपछि बाँकेमा कर्फ्यू लागेको छ।

कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए ।

कोहलपुरको त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रदर्शन चर्किएको थियो। विद्यार्थीहरुले ठक्कर दिने ट्रकसमेत जलाएका छन् । प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ।

प्रहरीको हवाई फायरले पनि भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको बताए। झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएको बताइएको छ।