देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको सचिवालय बैठक बस्ने, प्रधानमन्त्री ओली अनुपस्थित

देशान्तर

काठामाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठक दिउँसो एक बजे बोलाइएको छ ।

तर, १० मंसीरमा एपेन्डिसाइटिसको शल्यक्रिया गराएर आराम गरिरहेका प्रधानमन्त्री ओली सचिवालय बैठकमा अनुपस्थित रहने भएका छन् । स्वास्थ्यका कारण सचिवालय बैठकमा अनुपस्थित हुने प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे बैठकमा छलफल हुने बताइएको छ । ५ मंसीरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यविभाजन भए पछि १८ मंसीरमा पनि सचिवालय बैठक बसेको छ ।

ओलीले सरकार र दाहालले पार्टी हेर्नेगरी कार्यविभाजन गरिएको छ । सचिवालय बैठकमा नगए पनि प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद बैठक बोलाएका छन् ।