देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘नेविसंघ’ले नेपालको नक्सा सार्वजनिक गर्‍यो

देशान्तर

काठमाडौ‌ं । भारतले नेपाली भूमि समेटेर नयाँ राजनितिक नक्सा सार्वजनिक गरेको बिरोधमा नेपालि कांग्रेस निकट नेपाल विद्यार्थी संघले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । काठमाडौँको वसन्तपुर डबलीमा नेविसंघका विद्यार्थीहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् ।

‘चिनौ सीमा, जोगाऔं माटो’ अभियान सञ्चालन गरेको भन्दै विद्यार्थी नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन् ।

काठमाडौंको वसन्तपुरमा विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए ।

कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन पनि गरेका थिए ।