देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जापानी टोली स्वर्ण विजेता राष्ट्रिय टिम र मनाङसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आउदै

देशान्तर

काठमाण्डौं । भर्खरै मात्र सपन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय यू–२३ पुरुष फुटबल टोलीले जापानको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार जापानी टोलीले नेपालमा रहेर २ मैत्रीपूर्ण खेल खेल्दैछ। यसक्रममा डिसेम्बर १३ (शुक्रबार) को दिन राष्ट्रिय टोली र जापानी टोलीबीच खेल हुनेछ। यस्तै आइतबार नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दीसँग जापानी टोलीले मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। यदी मनाङले खेल्न नचाहेमा कुनै अर्को टोलीले खेल खेल्नेछ।

एन्फाले यस वर्ष औपचारिक रुपमा ए डिभिजन लिग शनिबारदेखि सुरु गर्दैछ। यसक्रममा लिगको उद्घाटनकै भोलिपल्ट विश्राम दिएर मैत्रीपूर्ण खेल हुने भएको छ।