काठमाडौं । कञ्चनपुरमा बुधबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।
आक्रमणबाट ज्यान गुमाउनेमा ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा छन् ।
घाइेतहरुमा स्थानीय सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद छन् । घाइतेलाई उपचारका लागि भारत लगिएको छ । दुईओटा हात्तीको समूहले उनीहरुमाथि आक्रमण गरेको बताइएको छ ।





प्रतिक्रिया