देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनलाइन र बैंकको सिस्टम ह्याक गरी झण्डै १७ करोड ठग्ने ३ जना पक्राउ

देशान्तर

काठमाण्डौ – अनलाइन ठगी र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने ३ जना पक्राउ परेका छन् । पक्राउ परेका ३ जनालाई बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनीहरुले बैंकको खातामा रहेको पैसा व्यक्तिको खातामा सारेर झण्डै १७ करोड रुपैयाँ ठगी गरेको पाइएको महाशाखाले जनाएको छ ।  उनीहरुले अनलाइनमार्फत चिट्ठा पर्यो भन्दै सर्वसाधारणको रकम ठगी गरेको प्रहरीले जनाएको छ ।