देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको समीक्षालगायतका समसामयिक विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा पदाधिकारी बैठक बोलाएको छ ।

बिहीबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका बारेमा छलफल गर्न कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको हो ।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका बारेमा छलफल गर्न बुधबार दिउँसो ३ बजे सानेपामा पदाधिकारी बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।

उनले केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’ ले तयार पारेको प्रतिवेदन पेस गर्ने, केही विभाग थप गर्ने, नेविसंघ गठन, नेपाल तरुण दलको कार्यकाल थप, चुनावी समीक्षासँगै सीमा विवादका एजेण्डाहरु तय गरिएको बताए ।

“भोली बिहीबार बस्ने केन्द्रीय समिति बैठकका एजेण्डाहरुलाई स्वरुप दिन बुधबार पदाधिकारी बैठक बोलाइएको हो,” सहमहामन्त्री डा.महतले भने । पदाधिकारी बैठक बस्नुअघि अहिले सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा संस्थापन पक्षीय नेताहरुको आन्तरिक छलफल चलिरहेको छ ।