देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘म यस्तो गीत गाउँछु २’ को पहिलो सार्बजनिक गितः पूजाको मायामा पल (भिडियो)

देशान्तर

वर्षमा एउटा मात्र फिल्म लिएर आउने निर्देशक सुदर्शन थापा यस वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् ।

बिहीबार यो फिल्मको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ बोलको गीत सार्वजनिक भएको छ । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको अडियो र भिडियो दुबै गजब बनेको छ ।

नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर खिचिएको गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । भने, पाँच सयभन्दा बढी कोरसले नृत्य गरेका छन् । सौरभ लामाले खिचेको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

यो गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेमा निर्माण टिम विश्वस्त रहेको छ । ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गतेलाई प्रदर्शनमा आउँदैछ । हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् ।

भिडियो;