देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनुषामा बम विस्फोट प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु

देशान्तर

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा शुक्रबार मध्यरातमा शक्तिशाली बम विस्फोट हुदाँ एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना गम्भीर घाइतेसमेत भएका छन्।

विस्फोटमा परी राजेश्वर साह र उनका छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ। राजेश्वर र उनका छोरा आनन्दको घटनास्थलमै र प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए।

घटनामा प्रहरी जवान रिजन महतो, मृतक राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते छन्। उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरान लगिएको छ।

विस्फोटमा संलग्नहरुलाई कारबाही गरिने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री रामबहादुर थापा बादलले धनुषा बम विस्फोटमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै गृहमन्त्री थापाले मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना दिएका छन्।

साथै यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।