काठमाडौँ – सिन्धुपाल्चोकको ६ किलो मोडमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको थियो ।
घटनास्थलमै १२ जना र तीनजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये ६ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका –७ का २८ वर्षका शुकबहादुर तामाङ, सोही ठाउँकी ७ वर्षीया बालिका सविना तामाङ , दोलखा भिमेस्वर नगरपालिकाकी ३७ वर्षीया जुनुमाया तामाङ, सोही नगरपालिका –९ की २८ वर्षीया मञ्जु तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका – ५ का २८ वर्षीय महेश तामाङ र भक्तपुर सूर्य्विनायक नगरपालिका – ८ का ३२ वर्षीय चलिसु बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।
उनले मृतक अन्यको सनाखतको प्रयास भइरहेको बताए





प्रतिक्रिया