देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पिपिएलमा पोखराको सानदार सुरुवात, काठमाडौं पराजित

देशान्तर

काठमाडौं, पोखरा प्रिमियर लिग पिपिएल टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टिम पोखरा पल्टनले विजयी सुरुवात गरेको छ।

पोखराले आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाडौं गोल्डेन्स वारियन्सलाई ९ विकेटले पराजित गरेको हो।

काठमाडौंले दिएको ११९ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४.१ ओभरमै पूरा गर्‍यो। पोखराका लागि ओपनर कुशल भुर्तेलले नटआउट ६५ रन जोडे। उनले ४३ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।

यस्तै रविइन्दर सिंहले नटआउट ३८ रनको योगदान दिए। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए। त्यसअघि आसिफ शेख १४ रनमा आउट भए। टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन जोड्यो।

काठमाडौंका लागि सुवोध भाटीले नटआउट ४५ रन जोडे। उनले २९ बलमा ४ चौका र ४ छक्का हिर्काए। गौरव तोमारले १३ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा पोखराका रासिद खान, ललितनारायण राजवंशी र कुशल मल्लले २–२ विकेट लिए।