देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कक्षा ११ को पूरक परीक्षाको नतिजा प्रकाशित

देशान्तर

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ ।

यस्तै NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ ।
यस्तै वेबसाइटमा www.neb.gov.np,www.neb.ntc.net.np, www.edusanjal.comwww.theconnectplus.com  मार्फत् पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

परीक्षामा देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जना सम्मिलित भएका थिए । जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।