काठमाडौं । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विद्या भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
मंगलवार दिउँसो संसद् सचिवालयमा विशेष कार्यक्रमका बीच उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई शपथ गराएकी हुन् ।
प्रतिनिधि सभा अहिले सभामुखविहीन रहेकाले उपसभामुख तुम्बाहाम्फेले शपथ खुवाएकी हुन् । उपनिर्वाचनमा भट्टराईले भारी मतान्तरले जीत हात पारेकी थिइन् ।
कास्की २ का पूर्वसांसद एवं तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि कास्की– २ मा उपनिर्वाचन भएको थियो । सांसद भट्टराई रवीन्द्रकै पत्नी हुन् ।





प्रतिक्रिया