देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेविसंघमा ३२ वर्षे उमेरहदको माग गर्दै कांग्रेस कार्यालयमा रिले अनसन सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद लागु गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् । नेपाल विद्यार्थी संघको विधानको सातौ संसोधन गरि उमेरहद ३२ वर्ष कायम गरेको थियो ।

सोहि विधान अनुसार ४० जिल्लामा जिल्ला अधिवेशन समेत भइसकेका छन् । त्यसैगरि १६ जिल्लाको अधिवेशन प्रक्रिया सुरु भएर विवादपछि रोकिएको थियो ।

तर पछिल्लो समय कांग्रेसका नेताहरुका बीचमा नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्नेबारे छलफल भइरहेको छ । नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद कार्यान्वयन नगर्ने कांग्रेस नेताहरुले तयारी गरेपछि विद्यार्थीहरुले रिले अनसन सुरु गरेका हुन् । बुधवारदेखि सुरु गरेको रिले अनसनमा पाँच जना विद्यार्थी नेतृ अनसन बसेका छन् ।

रुपा शर्मा,पद्मा भुषाल, रोस्मिता कार्की, ललिता श्रेष्ठ र विन्दा बोगटी रिले अनसनमा बसेको नेविसंघका निबर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले जनाकारी दिए । त्रिपाठीले उमेरहद कार्यान्वयन नगरि नयाँ कार्यसमिति गठन गरे अमरण अनसन बस्ने घोषणा गरेका छन् । त्रिपाठी नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले निकट मानिन्छन् ।