देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पैसा कमाउने आसमा बिदेश गएका दैनिक दुई नेपाली शव बनेर फर्किन्छन्

देशान्तर

काठमाडौं । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर बिदेश गएका दैनिक दुई नेपाली शव बनेर फर्किने गरेको तथ्याङक सार्वजनिक भएको छ । पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार १५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन्।

त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ अर्ब ११ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ। यसलाई आधार मान्दा हर दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुक भित्रन्छ। त्यसको बदलामा राज्यले दिनको औसत दुई अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याइरहेको छ।

पाँच वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५१० युवा विभिन्न मुलुक गएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै पाँच लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन्।
सो अवधिमा आठ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७५३ कामदारले ज्यान गुमाएका हुन् ।