काठमाण्डौं । संसदको हिँउदे अधिवेशन भोलि (शुक्रबार) बाट सुरु हुदैछ । उक्त अधिवेशन शुरु हुनुभन्दा एक दिन अगाडि आज प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
संसदमा के के विषयलाई कसरी उठाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बर्तमान सरकारले कतिपय विधेयकहरु संविधानको मर्म र भावना विपरित ल्याएकाले ती विषयमा प्रतिवाद गर्ने बारेमा पनि बैठकमा छलफल हुने उनले जानकारि दिए ।
संसदमा काँग्रेसका सांसदहरुको प्रस्तुती प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेकाले कसरी प्रभावकारी बनाउने भन्ने बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले आफ्ना सांसदहरूलाई संसदमा नियमित उपस्थित भएर आम नागरिकको चासोका विषयलाई सशक्त रुपमा उठाउन, विधेयकहरु र समसामयीक विषयमा पर्याप्त अध्ययन अनुसन्धान र विश्लेषण गर्न निर्देशन दिने तयारी गरेको छ ।





प्रतिक्रिया