देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा ओली, देउवा र प्रचण्डको भेटवार्ता

देशान्तर

काठमाडौं । संसद्को हिउँदे अधिवेशन सुरु हुने अघिल्लो आज विहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतृत्वबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको छलफलमा प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवा, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र रक्षामन्त्री ईश्वर पोखरेल सहभागी थिए । भेटवार्तामा प्रतिनिधिसभाका सभामुखको निर्वाचन र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनायो ।

राष्ट्रिय सभाको निर्वाचनमा नेकपा–राजपाबीच भागबन्डा गरेर जाने सहमति भएको भोलिपल्टै नेकपा र कांग्रेसको नेतृत्वबीच छलफल भएको हो । साथै, अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पारित गर्ने विषयमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग कुराकानी गरेको स्रोतले बतायो ।