देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतको कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको भिडिओ प्रधानमन्त्री ओलीको ह्यान्डलबाट रिट्वीट भएकोबारे प्रहरीले थाल्यो अनुसन्धान

देशान्तर

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको प्रतिपक्षी दल कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भएको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ।

शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीको ह्याण्डलबाट गान्धीले बोलेको भिडिओ रिट्वीट भएको विषयमा अनुसन्धान गर्न ब्युरोले टेक्निकल टिम खटाएको बताएको हो।

‘अनुसन्धानका लागि हामीले टेक्निकल टोलीलाई खटाएका छौं, अनुसन्धानको विषय रहेकाले कति समय लाग्छ भनेर भन्न सकिएन,’ ब्युरोका एक अधिकारीले भने, ‘समय नै तोकेर भन्न सकिन्नँ। चाँडै नै पत्ता लाग्छ।’

प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल ह्याक भएको हो वा पासवर्ड दुरूपयोग भएको हो भन्ने विषय पत्ता लागिनसकेको ती अधिकारीले बताए।

भारतीय कांग्रेसको आधिकारिक ट्वीटरमा राखिएको उक्त भिडिओलाई ‘शिभम् विज’ नाम गरेको ट्वीटर ह्याण्डलले रिट्वीट गरेको थियो। उक्त भिडिओलाई नै प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट गरिएको थियो। अहिले त्यो रिट्वीट हटाइएको छ।

गान्धीले भारतमा हाल जारी नागरिकता विधेयकविरूद्ध प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय सत्तारूढ दल भाजपाको आलोचना गर्दै ट्वीटमा राखेको भिडिओ प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट भएपछि चर्चाको विषय बनेको छ।

यस विषयमा भारतीय सञ्चारमाध्यमहरूले पनि समाचार प्रकाशन गरेका छन्।